प्रकासित मिती- २०७७ साउन १९, सोमबार
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कको हाेटल साथीको जुवाखालमा छापा हान्दा पकाउ परेका सबै जुवाडेहरू छुटेका छन् ।
सन्धिखर्कको हाेटल साथीको जुवाखालमा छापा हान्दा श्रावण १६ गते शुक्रबार पकाउ परेका ५ जना र आज सोमबार बिहान आँफै प्रहरी समक्ष आएका ३ जना गरी सबै ८ जना जुवाडेहरू छुटेका हुन् ।
आज सोमबार आँफै प्रहरीमा आएका ३ जना सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष नारायण खड्का, कृष्ण घम र राजिव खत्री (शाेभाखर) र शनिबार रङ्गेहात पक्राउ परेका ५ जना सहयोगी बिसी भन्ने लिल बहादुर बिसी, नवीन क्षेत्री, रामबहादुर पन्थी, पदम बि.क र कृष्ण भुसाल छुटेका छन् ।
फरार ३ जना जुवाडेहरूलाई ३ दिनसम्म प्रहरीले खोजी गर्दा पनि फेला परेको थिएन् । तर आज उनिहरु स्वयं आँफै प्रहरी समक्ष आएका थिए ।
आठै जना जुवाडेलाई प्रहरीले सार्वजनिक अपराध अन्र्तगत मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । जुवा सम्बन्धी मुद्दा जिल्ला प्रमुख अधिकारीले हेर्ने भएकोले सरकारी वकिलले मुद्दालाई सिडियोकोमा लैजाने छ ।
शनिबार सन्धिखर्कको साथी होटेलबाट जुवाखालमा छापा हान्दा हाेटल साथीबाट ५६,५७५ रुपैया सहित ५ जना जुवाडेहरू रङ्गेहात पक्राउ परेका थिए ।