सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा मंगलबारसम्म ३२२ जनाले कोरोना जितेर घर फर्केका छन् । भने २ जना उपचाररत छन् ।
जसमा सन्धिखर्क नगरपालिकामा ४३ जना, शितगंगा नगरपालिकामा ६४, भूमिकास्थान नगरपालिकामा १०६, मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि हाल सम्म ३२२ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै अर्घाखाँचीमा संक्रमितको संख्या ३ सय २७ पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ४४ जना, शितगंगा नगरपालिकामा ६६, भूमिकास्थान नगरपालिकामा १०७, मालारानीमा ६८, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हाल सम्म ३२७ जना संक्रमित रहेका छन् ।
यसैविच अर्घाखाँचीमा मंगलबारसम्म ८७ जना बिभिन्न क्वारेन्टाईनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेकोमा अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले ८७ मा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा १ जना डिस्चार्ज भएका छन् ।
यस्तै मंगलबार दिउँसो ३ बजेसम्ममा २४ घण्टामा १ जना बिभिन्न क्वारेन्टाईनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वारेन्टाईन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टाईनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।
मंगलबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २ जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।