अर्घाखाँचीडट्कम संवाददाता
पन्जाब (अर्घाखाँचीडट्कम) । भारतको पन्जाब पटियाला सडकमा फेला परेकी अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नाकी एक महिला नेपाल फर्केकी छिन् ।
भारतको पन्जाब पटियाला सडक किनरामा फोहोर फाल्ने ठाउँमा फेला परेकी ढिभर्नाकी ३० – ३५ वर्षिया पार्वती थापा नेपाल फर्केकी हुन् ।
अर्घाखाँचीडट्कमका कमल छेत्रीका अनुसार उनलाई गत बिहीवार नेपाल फर्केकी हुन् । उनलाई कृष्ण नगरबाट श्रीमान घनश्याम थापालाई जिम्मा लगाई अर्घाखाँची ल्याइएको हो ।
दिमागी असन्तुलित भए जस्तो देखिने ति महिला गत साउन ३ गते शनिबार पन्जाब पटियाला सडक किनरामा फोहोर फाल्ने ठाउँमा फेला परेकी थिईन् । उनले आफ्नो घर ढिभर्ना झेडीको टाकुरा मिलमिले खोलाको माथि बताएकी थिईन् । यस्तै उनले श्रीमानको नाम घनश्याम थापा, दुई छोरा १० वर्षको विवेक, ३ वर्षको आशिष र बुबाको नाम कालुराम, भाईहरूको नाम हुमे, रुपे, विष्णु भएको पनि बताएकी थिईन् ।
यस्तै पार्वतीलाई साउन ३ गते शनिबार बिहान ६ बजे कुड़ा (फोहोर ) फाल्ने ठाउँमा फोहरमा मुख छोपी बसी रहेको अवस्थामा फेला परी उद्दार गरिएको थियो । अहिले उनी अर्घातोस चिदीपानीका समाजसेवी लक्ष्मण नेपालीको सहयोगमा निगरानीमा छिन् । उनले आफ्ना छोराहरुलाई सम्झदै रुने कराउने गरेको बताइएको थियो ।
साथै डट्कममा प्रकासित समाचार प्रकासित भएपछि उनका घर परिवार संपर्कमा आएका थिए । पत्रकार, समाजसेवी प्रेम खड्काले संपर्कमा आएको बताउनु थियो । पार्वतीलाई नेपाल फर्काउन पहल गरिने बताइएको थियो ।
स्थानियका अनुसार श्रीमान घनश्याम भारतमा क्वारेन्टाईनमा बसी नेपाल फर्केको बताईएको थियो । साथै उनका देबर इन्दरबाट संपर्कमा पनि आएका थिए ।