गणेश बेल्बासे संगम
सन्धिखर्क, अर्घाखाँची । शैक्षिक विकास तथा अनुसन्धान परिषद अर्घाखाँचीको बैठक सम्पन्न भएको छ । परिषदको बैठक हिजो सोमबार सम्पन्न भएको हो ।
परिषदका अध्यक्ष मान बहादुर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव दल बहादुर केसीले गर्नु भएको थियो ।
परिषदका उपाध्यक्ष सूर्य प्रसाद खनालले स्वागत गर्दै संस्थागत गतिविधीको बारेमा बताउनु भयो ।
बैठकमा पारिषदका पूर्व अध्यक्ष बाबुराम आचार्यले शुभकामना व्यक्त गर्नु भयो ।
त्यस्तै जिल्ला स्थित शिक्षक तथा पेशागत संघ संगठनका अध्यक्ष मध्ये युवराज भुसाल, लक्ष्मण वली, धुव्र बहादुर खत्री, नम बहादुर सिहंले आफ्ना धारणा व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा सह सचिव दिनामणी बेल्बासेले परिषदको अवसर संगै चुनौतीका विषयमा बताउदै बार्षिक प्रगतिको विषयमा स्पष्ट पार्नुभयो ।
परिषदका कोषाध्यक्ष तिर्थराज आचार्यले आय-व्यय समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
बैठकको समापनमा बोल्दै परिषदका अध्यक्ष मान बहादुर पाण्डेले परिषदको ऐतिहासिक पृष्ठभूमि साथै संधियता कार्यान्वयनको परिवेश सँगै अगाढी बढाउनु पर्ने आवश्यकता औल्याउनु भयो । परिषदको माध्यमबाट जिल्लामा शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउदै शैक्षिक गुणस्तरलाई वृद्धि गर्ने अभियानमा लाग्न सबैसँग आग्रह गर्नुभयो ।