अर्घाखाँचीमा प्रशासनद्वारा अब खेलकुद स्थल, जिमहल लगायतमा बन्देज

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा जिल्ला प्रशासन कार्यालयले अब जिमहल, खेलकुद स्थल( कबर्ड हल) लगायत जमघट हुने खेलकुद प्रतियोगितामा बन्देज लगाएको छ ।  
जिल्ला प्रशासन कार्यालयले लकडाउन खुलेसँगै खुलेका सबै जिमहल, खेलकुद स्थल( कबर्ड हल) लगायत जमघट हुने खेलकुद प्रतियोगितामा बन्देज लगाएको हो ।
उता अबदेखि बिना माक्स बाहिर निस्कनेलाई हरेक पटक १०० रुपैया जरिवाना गरिने भएको छ । 
जिल्ला प्रशासन कार्यालयले बिहीवार एक सुचना जारी गर्दै जिल्लामा अबदेखि बिना माक्स बाहिर निस्कनेलाई हरेक पटक १०० रुपैया जरिवाना गरिने भएको हो ।  

अन्य समाचारहरु