अर्घाखाँचीमा आएको हावा हुरीले मकै बालीमा क्षति (फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
वाङ्ला, अर्घाखाँची, २२ साउन । अर्घाखाँची जिल्लामा आएको हावा हुरीले मकै बालीमा क्षति पु-याएको छ ।
जिल्लाभर बिहीवार दिउसो आएको हावा हुरीले पाक्न लागेका मकै बालीमा क्षति पु-याएको हो । जिल्लाका विभिन्न स्थानमा आएको हावा हुरीले मकै ढाल्दा किसानहरु मर्कामा परेका छन् ।
वर्ष भरि खान पुग्ने खेतिको रुपमा रहेको मकै पाक्नै लाग्दा  हावाहरीले सवै मकै ढालेकाले यसपालिको वर्खे वालि लगाएको पनि खेर गएको स्थानियबासीको गुनासो रहेको छ । 
गबारो किरो, सलह किरोबाट बचाएको र  बादरलाई यन्त्र बनाएर जङ्गल तिर धपायौ, बँदेल र दुम्सीबाट पनि बचाएर राखेका मैक बिहीवार दिउसो आएको हावा हुरीले क्षति पु-याएपछि जिल्लाभर किसान चिन्तित रहेका छन् । 
विभिन्न गाउँ तथा टोलहरुमा कृषकहरुले लगाएको मकै पुर्ण रुपमा ढालेका छन् । 
यस्तै हावाहुरीले बिहान करिब ११ बजे सन्धिखर्क नगरपालिकाको अर्घाखाँची ईंग्लिश बोर्डिङ नजिकै ढोरपाटन बाटोमा सल्लाको रुख ढलेर बिजुलीको हाइटेन्सन तारमा अड्किएको छ । जिल्लाभर अस्तव्य्वस्त पारेको छ । 

अन्य समाचारहरु