अर्घाखाँचीमा “तपाईको माक्स खै ?” माक्स नलगाई हिड्ने ८८ जनालाई जरीवाना (फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा माक्स नलगाई हिड्नेलाई प्रहरीले जरीवाना तिराएको छ । 
जिल्लाको सन्धिखर्क लगायतमा “तपाईको माक्स खै ?” अभियान अन्तर्गत माक्स नलगाई हिड्ने ८८ जना व्यक्तिलाई प्रहरीले जरीवाना तिराएको छ । 
कोरोना भाईरस ( COVID-19 ) विश्वव्यापी महामारीको रुपमा बढ्दै गईरहेको कारण अर्घाखाँची जिल्लामा समेत संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने भनि यस जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सक्रियतामा चलेको “तपाईको माक्स खै ?” अभियान अन्तर्गत प्रथम चरणमा जनचेतनामुलक कार्यक्रम, सम्झाई बुझाई गरिएको तथा पछिल्लो चरणमा हाल सम्म स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङघन गर्ने ८८ जना व्यक्तिलाई प्रति व्यक्ति १०० का दरले जरीवाना गरिएको  र ४३०८ जनालाई स्वास्थ्य सुरक्षा सम्बन्धी प्रशिक्षण दिईएको थियो । 

अन्य समाचारहरु