सुर्य भुसाल
भरतपुर । आर्थिक बर्ष २०७७/ २०७८ मा अति उत्कृष्ट कार्य गरेको आकस्मिक सडकका कामहरु छिटोछरितो समयमा सम्पन्न गरेको भन्दै सडक डिभिजन कार्यालय भरतपुर चितवन सम्मानित भएको छ ।
सडक डिभिजन कार्यलय भरतपुर प्रमुख डिभिजन ईन्जिनियर कृष्णराज अधीकारी सहितको प्राबिधिक टिमले निकै गुणस्तरीय काम गराउन सफल भएको सडकमा देखिएका सानातिना समस्याहरु तत्कालै समधान गरेको र बिगतमा भन्दा यस बर्ष यस्तो बिषम परिस्थितिमा पनि काम काम गर्न सफल भएको भन्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेवाङ भौतिक पुर्वाधार सचिब देबेन्द्र कार्कि माहानिर्देसक केसब कुमार सर्माले सडक डिभिजन भरतपुरलाई प्रसम्सा पत्र ले सम्मान गर्नु भएको हो ।
सडक डिभिजन भरतपुर का प्रमुख डिभिजन ईन्जिनियर कृस्णराज अधिकारिले सम्मानले अाफुहरुलाई थप हौसला मिलेको र अागामी दिनमा अझै जोस जागरका साथ भरतपुरको सडक स्तर उन्नति मा अाफुहरु लागि राख्ने बताउनु भयो ।
सडक डिभिजन कार्यलय भरतपुरका प्रमुख डिभिजन ईन्जिनियर कृस्णराज अधिकारि निकै कुसल क्षमता बान काम गर्न सक्ने बिबाद रहित काम गर्ने भरतपुर बासिका प्रिय कार्यलय प्रमुख को रुपमा परिचित छन । डिभिजन ईन्जिनियर सहितका प्राबिधिक हरु दिनरात फिल्डमा खटिने र फिल्मा गुणस्तरीय काम नभएको लाई तत्काल गराउने जन्ताको भाबना अनुसार काम गर्ने अनुगमन नगरि भुक्तानि नदिने कार्यलय प्रमुख हुन अधिकारि ।
अधीकारी दिनरात नभनि सडकको काम मा ब्यस्त हुने र फिल्डमा खटिने गरेका कारण भरतपुर सडकले गर्ने सबै सडक गुणस्तरीय छन । कोबिटका कारण बिगतका बर्षहरुमा जस्तो सोचेजस्तो बजेट सबै खर्च हुन नसकेको भरतपुर सडकका लेखा प्रमुख कमल पन्थीले बताउनु भयो ।