सन्धिखर्कको शान्ति बगैंचामा कांग्रेस निकट महिला संघकाे ७३ औ स्थापना दिवसकाे सरसफाई कार्यक्रम सम्पन्न

प्रकासित मिती- २०७७ साउन २४ शनिबार 
अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । नेपाल महिला संघकाे ७३ औ स्थापना दिवसकाे अवसरका पञ्चायन मन्दिर शान्ति बगैंचा सर-सफाई गरि सम्पन्न गरिएको छ । 
सरसफाइपछि आयोजित कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति विष्णु मुस्कानकाे प्रमुख आतिथ्यता, पुर्व सभापति नगरप्रमुख कमल प्र भुसालकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा उपसभापति शान्ता भन्डारि नेपाली काङ्ग्रेसका युवा क्रियासिल नेताहरु कृस्न प्रसाद खनाल हेमन्त बेल्वासे बिस्नु क्षेत्री मणिराम परियार महिला काङ्ग्रेस नेतृहरु सङगिता बेल्वासे सिता भुसाल चन्द्रा गैरे पत्रकार सुर्य प्रसाद भुसाल सुरज रायमाझी घनश्याम पौडेल लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 
नेपाल महिला संघ जिल्ला सभापति शान्ता भण्डारीकाे अध्यक्षता र सचिव छमा कार्कीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

अन्य समाचारहरु