निर्माण व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष अधिकारीद्वारा गुणस्तरीय भरपर्दो काम गर्नु व्यवसायीको दायित्व भएको भनाई

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । निर्माण व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष तथा बरिस्ठ  निर्माण व्यवसायी ऋषिराम अधिकारीले काम गुणस्तरीय भरपर्दो बलियो गर्नु निर्माण व्यवसायीको दायित्व भएको बताउनु भएको छ । 
संचारक्रमीहरुसँग कुराकानी गर्दै अध्यक्ष अधिकारीले काम गुणस्तरीय गर्दा पनि कसैबाट दुखदिने नियतले निर्माण व्यवसायीहरुलाई कुनै समस्या पारेमा व्यवसायीको हक अधिकार प्राप्तिका लागि गठन भएको व्यवसायीहरुको साझा संस्था  निर्माण व्यवसायी संघले डटेर मुकाबिला गर्ने बताउनु भयो ।
अध्यक्ष अधिकारिले निर्माण व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण बदल्नु पर्ने बताउदै राज्यको सबैभन्दा बढि कर राजस्व तिर्ने निर्माण व्यवसायीले करोडौ रुपैयाँ घाटा लागेपनि गुणस्तरीय काम गरेर राज्यलाई बुझाउनु पर्ने तर राज्यबाट दन्ड जरिवाना बाहेक पुरस्कृत गर्ने काम नगरेको भन्दै देखेसो गर्नु भयो  । 
अधिकारीले कतिपय स्थानिय सरकारले जिल्ला दररेट भन्दा पनि कम दर  रेट राखेर व्यवसायीहरुसँग कुनै समन्वय नगरी टेन्डर निकाल्ने गर्दा व्यवसायी मर्कामा पर्ने गरेको बताउदै जिल्ला दररेट भन्दा तल गएर टेन्डर निकाल्ने कार्यालयको टेन्डर हाल्न  व्यवसायी बाध्य नहुने बताउदै त्यस्ता काम निर्माण व्यवसायीले बहिस्कार गर्ने बताउनु भयो ।  
व्यवसायीहरुको अधिकार प्राप्तिका लागि सबै व्यवसायी एकजुट हुनु पर्ने बताउदै अधिकारीले अनावश्यक दुख दिने जो कोहिलाई पनि निर्माण व्यवसायीले नछोड्ने बताउदै गुणस्तरीय काम गर्न बाट व्यवसायी चुक्न नहुने बताउनु भयो ।

अन्य समाचारहरु