सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा बुधवार २ जनामा कोरोना संक्रमित थपिएका छन् । जसमा भुमिकास्थान नगरपालिकाका २४ र २० बर्षका पुरुष रहेका छन् । उनीहरु केहि समय अगाडी भारतबाट आई भगवति माविको क्वारेन्टाइनमा बसेका बरालको भनाइ छ । भने आज थपिएका दुई जना सहित जिल्लामा संक्रमित संख्या ३ पुगेको छ । यसअघि जिल्ला सन्धिखर्क नगरपालिका १ जना संक्रमित क्वारेन्टाइन रहेका थिए ।
योसँगै अर्घाखाँचीमा संक्रमितको संख्या ३ सय २९ पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ४४ जना, शितगंगा नगरपालिकामा ६६, भूमिकास्थान नगरपालिकामा १०९, मालारानीमा ६८, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हाल सम्म ३२९ जना संक्रमित रहेका छन् ।
अर्घाखाँचीमा बुधवारसम्म ३२३ जनाले कोरोना जितेर घर फर्केका छन् । भने २ जना उपचाररत छन् ।
जसमा सन्धिखर्क नगरपालिकामा ४३ जना, शितगंगा नगरपालिकामा ६५, भूमिकास्थान नगरपालिकामा १०६, मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि हाल सम्म ३२३ जनाले कोरोनालाई जितेका हुन् ।
यसैविच अर्घाखाँचीमा बुधवारसम्म १५१ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेकोमा अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १५१ मा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा ५ जना डिस्चार्ज भएका छन् ।
यस्तै बुधवार दिउँसो ३ बजेसम्ममा २४ घण्टामा १२ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।
बुधवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ३ जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।