खिमराज चालिसे
चंडीगढ (भारत) – मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका युवा नेता विष्णु अर्यालको सडक दुर्घटनामा परी मृत्यु भएको छ । ३८ वर्षीय अर्यालको शुक्रबार राति मध्यप्रदेशको राजधानी भोपालमा भएको सडक दुर्घटनामा परी उहाँको ज्यान गएको मूल प्रवाह भोपाल नगर समितिले जनाएको छ ।
अर्याल मूलप्रवाह भोपाल नगर समितिमा रहेर सांगठनिक काममा सक्रीय हुनुहुन्थ्यो ।
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वार्ड न०६ दौंघा घर भएका विष्णु अर्याल मूलप्रवाह अखिल भारत नेपाली एकता समाजमा पंजाबको जलन्धरवाट सांगठनिक यात्रा प्रारम्भ गर्नु भएको थियो । अर्याल एक समय नेपाली समाचारको सम्वाददाता समेत रहनुभएको थियो ।
घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ । मूलप्रवाह नेपाली एकता समाजले अर्यालको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ ।