पाणिनी – ६ का वडाअध्यक्षले माइकिङ गरेको भिडियोलाई लिएर डट्कमबिरूद्ध झुट उजुरी दिए

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ६ धातिवाङका वडाअध्यक्षले वार्ड कार्यालयमा कार्यरत एक कर्मचारीले माइकिङ गरेको भिडियो अर्घाखाँचीडट्कममा उप्लोड गरेको सानो विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।  
धातिवाङका वडाअध्यक्ष शुभ वहादुर शारु थापाले  वार्ड कार्यालयमा कार्यरत ईन्द्रमणी पौडेलले माइकिङ गरेको  र  माइकिङ गरेको व्यक्तिलाई कटुवाल भनेको भनी  अर्घाखाँचीडट्कमले भिडियो  फेसबुकमा उप्लोड गरी चरित्रहत्या गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्  ।  थापाको उजुरीमा डाँडाबाट माइकिङ गरेको व्यक्तिलाई कटुवाल किन भनेको हो भन्ने देखिन्छ । 
भिडियोमा पौडेलले डाँडाबाट चिच्चाएर कोरोना सम्बन्धित सुचना माइकिङ गरेका छन् । डट्कमको फेसबूक पेजमा अर्घाखाँची जिल्लाको धातिवाङमा सुचना फुक्दै —– आजभोलि अर्घाखाँचीमा कटाले माइकिङ गरेर यसरी सुचना पढछन् भनी लेखिएको उक्त भिडियोमा लेखिएको थियो । सामान्य तया पहिला – पहिला बिना माइकिङ कटुवाल चिच्चाएर सुचना, जानकारी गराउन्थ्ये तर आजभोलि गाउँघरमा माइकिङ गर्ने परम्परा रहेको छ ।   
भिडियोमा कोही कतै माइकिङ गर्नेको व्यक्तिको नाम समेत उल्लेख गरिएको छैन् । साथै डट्कमलाई विहान भिडियोमा अर्घाखाँचीमा कटुवालले  माइकिङ गरेर यसरी सुचना पढछन् भनी लेखिएका  शब्द हटाउन वार्डले अनुरोध गरेपछि  सच्चाइएको थियो । यस्तै तत्काल बाहिर स्रोतबाट प्राप्त उक्त भिडियोलाई फेसबूक पेजबाट पनि हटाइएको छ ।  
भिडियोमा लेखिएको कुनै शब्द नराम्रो चरित्रहत्या गर्ने खालको छैन् । वडाअध्यक्ष शुभ वहादुर शारु थापाले डाँडामा माइकिङ गर्ने व्यक्तिलाई गाउँले भाषामा के भन्छन् । शब्दहरुमा अनविज्ञ रहेको देखिन्छ ।
यो सँगै धातिवाङका वडाअध्यक्ष शुभ वहादुर शारु थापाले सानो विषयलाई अध्ययन नगरि चरित्रहत्या भयो भन्दै दुश्मनी साध्न झुट उजुरी दिएका छन् । थापाले अर्घाखाँचीडट्कम जस्तो जिल्लाको पहिलो प्रमुख मिडियालाई आक्रमण तथा बदनाम गराएका छन् ।  
सत्य सहि लेखाएको विरुद्द चरित्रहत्या भयो भन्ने वडाअध्यक्ष शुभ थापाको सर्वत्र आलोचना भएको छ । र सामाजिक सन्जाल, देश विदेशमा मिडियालाई आक्रमण तथा बदनाम गराउने थापालाई कारबाही गर्न माग गरेका छन् । थापाले वडाअध्यक्ष जस्तो पदको दुरुपयोग गरेको भनाई अर्घाखाँचीबासीको छ ।     
उनले लगाएको झुट चरित्रहत्याको उजुरी यस्तो छ:-                    
 

अन्य समाचारहरु