अर्घाखाँचीडट्कम सम्वाददाता
काठमाडौ – नेपाल विधार्थी संघका महामन्त्री मनोज वैधले कोभिड-१९ को माहामारी को बेला दैनिक ज्यालादारी गरि खाने मजदुर र अप्ठ्यारोमा मा परेका विधार्थी लाई मध्यनजर गर्दै आफ्नो प्रयासमा आहतमा परेका लाई खाना खुवाउने कार्यक्रम आज बाट शुरुवात गर्नु भएको छ।
शुरुको दिन पशुपति क्याम्पस प्राङ्गण र तिलगंगा आँखा अस्पताल बाट ,राहत स्वरुप खाना खुवाएका महामन्त्री वैध यो अभियान निरन्तर रुपमा चलिरहने जानकारी दिए।