जुकेनाकी बाल गायिका रूजु घिमिरेको दसैं गीत “आउन बाबा आउ” सार्वजनिक
आश्विन ४ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनाकी बाल गायिका रूजु घिमिरेको दसैं गीत “आउन बाबा आउ” सार्वजनिक भएको छ ।
जुकेना घर भएका गायक खुमराज घिमिरेकी १० वर्षिय छोरी बालगायिका रूजु घिमिरेको दसैं गीत ‘आउन बाबा आउ’ शुक्रबार सार्वजनिक भएको हो ।
उक्त म्युजिक भिडियो गायक खुमराज घिमिरेकोनै युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
गीतमा दशैं आउँदै गर्दा परदेशमा रहेरका बाबाहरुको सम्झनामा कथावस्तुमा आधारित छ । गीतमा स्वर, शब्द, परिकल्पना गायक खुमराज घिमिरेको रहेको छ । यस्तै गीतको संगित संयोजन लक्षु प्रकाश मल्लको रहेको छ ।
साथै गीतमा अभिनय बाल गायिका रूजु घिमिरे, सिद्धार्थ घिमिरे, खुमराज घिमिरे, शोभा पौडेल, पुनराम पौडेल, प्रभात बेल्बासे, रिया बेल्बासे, रजनिश, परिनितीको रहेको छ । र छाँयाङ्कन सुरेश श्रेष्ठका साथै विष्णु शर्माको सम्पादनमा, प्रकाश भट्टको निर्देशन रहेको छ । भिडियोको दृश्य निर्माण साही भिजन प्रालिले गरेको छ ।