खाँचीकोटका गणेश भुसाल जनसेवा श्री ‌पञ्चम पदकबाट विभूषित

श्री ‌ पञ्चम पदकबाट विभूषित गणेश भुसाल र उहाकी आमा संविधानसभा-२०६४ मा प्रत्यक्ष निर्वाचनको बेला खाँचीकोटको डिहिडाँडामा ।

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको कुर दुवार माझा (नयाँ)गाउँका गणेश प्रसाद भुसाल जनसेवा श्री (पञ्चम) पदकबाट विभूषित हुनुभएको छ।  
खाँचीकोटको कुर दुवार माझा (नयाँ)गाउँ घर भई हाल चितवनमा आई निरन्तर रुपमा व्यावसायीक तरकारी खेतीमा लागि चितवनको मात्र नभै देशकै उत्कृष्ट र मार्ग दर्शक किसानको रुपमा स्थापित हुनुभएका गणेश भुसाल जनसेवा श्री (पञ्चम) पदकबाट विभूषित हुनुभएको हो । 
व्यावसायीक तरकारी खेतीमा लागि चितवनको मात्र नभै देशकै उत्कृष्ट र मार्ग दर्शक किसानको रुपमा स्थापित भएको कारण भुसाललाई राष्ट्रपतिद्वारा जनसेवा श्री ‌ पञ्चम पदकबाट विभूषित गरिने भएको छ । 
सानागाउँका भुसाल २०६० सालमा अर्घाखाँची जिल्लाबाट चितवन गएर निरन्तर रुपमा व्यावसायीक तरकारी खेती गर्दै आउनुभएको छ ।  
इमान्दार, सरल स्वभाव र लगनशील ब्यक्तित्वका भुसालले सन्धिखर्कमा पनि लामो समय व्यावसायीक तरकारी खेती गर्दै आउनुभएको थियो । भने १६, १७ वर्षदेखि चितवन गएर निरन्तर रुपमा व्यावसायीक तरकारी खेती गर्दै आउनुभएको छ ।  

अन्य समाचारहरु