अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा नयाँ प्रहरी निरिक्षक सुजन शाह आउने भएका छन् । रुकुम पुर्वको ईलाका प्रहरी कार्यालय रन्माईकोटमा कार्यरत प्रहरी निरिक्षक सुजन शाह अर्घाखाँची आउने भएका हुन् ।
यस्तै अर्घाखाँचीका प्रहरी निरिक्षक प्रकाश खत्रीको प्युठान सरुवा भएका छन् । बिगत दुई वर्षदेखी जिल्ला प्रहरी कार्यालयमा कार्यरत खत्रीको ईलाका प्रहरी कार्यालय बिजुवार सरुवा भएको हो ।
खत्री प्युठान जाने भएका हुन् ।