अर्घाखाँचीमा बुधवारसम्म संक्रमितको संख्या ३९७ जना, २८ जना उपचाररत, ३६५ जनाले कोरोना जिते (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा बुधवारसम्म संक्रमितको संख्या ३९७  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ७७  जना, शितगंगा नगरपालिकामा ८०,   भूमिकास्थान नगरपालिकामा १२४,     मालारानीमा ७४,  पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ३९७ जना संक्रमित रहेका छन् ।     
अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट बुधवारसम्म  ३६५ जनाले कोरोना जितेर घर फर्केका छन् । भने २८  जना उपचाररत छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ६८,  जना, शितगंगा नगरपालिकामा ६८,   भूमिकास्थान नगरपालिकामा ११६,   मालारानीमा ६९, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् । 
  
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ । 
यस्तै अर्घाखाँचीमा बुधवारसम्म  २०४ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले २०४ जना भएको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २ घण्टामा ४  जना डिस्चार्ज भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या ४८ जना रहेको छ ।   
  
साथै बुधवार दिउँसो ३ बजेसम्ममा ३  घण्टामा ६ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ४७  स्थानमा ९३५ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
बुधवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २८  जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
 

अन्य समाचारहरु