वर्षाका कारण अर्घाखाँचीको जनजीवन अस्तव्यस्त, जिल्लाभरका सडक अवरुद्ध

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  वर्षाका कारण अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ। 
पहिरोले गोरूसिङ्गे–सन्धिखर्क सडकखण्ड, प्युठान – अर्घाखाँची सडकखण्ड, गुल्मी – अर्घाखाँची सडकखण्ड, पाल्पा – अर्घाखाँची सडकखण्ड लगायत जिल्लाभर गाउँ- गाउँका पहिरो गएपछि सडक अवरुद्ध भएको छ। 
साथै सदरमुकाम सन्धिखर्क-किमडाँडा-धारापानी सडक खण्ड पनि पहिरोका करण अस्तव्यस्त भएको छ ।  जिल्लाभर विद्दुत सेवा अवरुद्ध भएको छ। 
यस्तै मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीको  सातबिसेमा घरगोठमा पहिरो खस्दा २ वटा भैंसी मरेका छन् । 
बाँगीको प्युडाडा निबासी ड्बल प्रसाद भुसालको  सातबिसेमा रहेको गोठमा  हिज राति करिब ९ बजे पहिरो खस्दा २ वटा भैंसी मरेका हुन् । 
मानवीय क्षती भने नभएको बताइएको छ । मालारानी -५ का वडाअध्यक्ष शोभाखर भुसालले लगातार भइ रहेको बर्षामा सतर्क हुन समेत पालिकाबासीलाई आग्रह गरेका छन् ।
साथै भूमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीको ठुलाखर्कमा थारोमा पहिरो खस्दा १ वटा बाख्रा मरेको छ । 
धारापानीको ठुलाखर्क निबासी सेती कामीको खरले छाएको थारोमा आज बिहान ८ बजे  पहिरो खस्दा १ वटा बाख्रा मरेको हो । 
मानवीय क्षती भने नभएको बताइएको छ ।  थप अन्य विवरण आउन बाँकी रहेको छ।

अन्य समाचारहरु