सन्धिखर्क – गोरुसिङ्गे सडक ठप्प, जिल्लाभरका सडक अस्तव्यस्त (भिडियो फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता / फोटो: सुमन खत्री
सन्धिखर्क, अर्घाखाँची । लगातारको भीषण बर्षाका कारण अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -६ नरपानीको दह खोलामा गएको पहिरोका कारण सन्धिखर्क – गोरुसिङ्गे सडक पूर्ण रुपमा अवरुद्व भएको छ।
सडक अवरूद्ध भएपछि आवागमन ठप्प भएको छ । मालवाहक, निजी तथा सार्वजनिक सवारी साधनहरू पनि बीच बाटोमा अलपत्र परेका छन् भने बिरामी बोकेका एम्बुलेन्स समेत रोकिएका छन् ।
बिहीबार बिहानैदेखि पहिरो हटाउने प्रयास भइरहेको, तर पहिरो निकै ठूलो भएकाले सडक खुलाउन समय लाग्ने प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । स्काभेटर र डोजरले काम गरिरहे पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम समेत नरोकिएकाले  काम गर्न अफ्ठ्यारो भएको उनले बताए ।
सालझण्डी सन्धिखर्क सडक पनि अवरुद्ध भएको छ । पाणिनि गाउँपालिका  ४ का विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । अधिकांश ग्रामीण सडकहरु पनि अवरुद्ध भएका छन् ।

अन्य समाचारहरु