अर्घाखाँचीका एक जना कपिलवस्तुको बाणगंगामा बाढीले गाडी बगाउँदा बेपत्ता, अझै फेला परेनन्

अर्घाखाँचीडट्कम संवाददाता 
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको गाडी बगाउँदा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका  एक जना बेपत्ता भएका छन् । 
कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको गाडी बगाउँदा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका केशव भाट अझै बेपत्ता भएका हुन् । 
भाट सहित अर्का जना बेपत्ता भएका छन्। बेपत्तामध्ये एक विद्युत कर्मचारी र एक जना सर्वसाधारण रहेको प्रहरीले जानकारी दिएको छ ।
उता गाडीमा ६ जना सवार थिए । ६ मध्ये ३ जनाले बाढीमा पल्टिएको गाडीबाट हाम फलेर ज्यान जोगाएका थिए । वाणगंगा नगरपालिका-९ भलवाडमा रहेको कजवे पुलमा आएको बाढीले विद्युत प्राधिकरण गजेहडा सव स्टेशनको गाडी बगाउँदा कर्मचारीसहित ६ जना सवार बा १ च १०८९ पजेरो जीप बगाएको नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रका प्रमुख जयकुमार यादवले बताए । बुधबार भलवाडबाट काम सकेर फर्किनेक्रममा खोलामा आएको बाढीले गाडीलाई बगाएको थियो।
३५ वर्षीय चालक माधवप्रसाद पाण्डेको मात्र शव भेटिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। विद्युत वितरण केन्द्र चार नम्बरका प्रमुख कृष्णप्रसाद पौडेल र जीपमा सवार सर्वसाधारण अर्घाखाचीको सितगंगा नगरपालिकाका केशव भाट अझै बेपत्ता रहेको प्रमुख यादवले बताए। घटनामा विद्युतका कर्मचारीहरु बिजय पोख्रेल, परशुराम थारु र शिक्षिका कोपिला अधिकारी भने बाच्न सफल भएका छन् ।
बुधबार साँझ नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले रातिसम्म खोजी कार्य जारी राखेका थिए । आज पनी बिहानैदेखी खोजिकार्य जारी छ ।

अन्य समाचारहरु