अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा बिहीवारसम्म संक्रमितको संख्या ३९७ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ७७ जना, शितगंगा नगरपालिकामा ८०, भूमिकास्थान नगरपालिकामा १२४, मालारानीमा ७४, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ३९७ जना संक्रमित रहेका छन् ।
अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट बिहीवारसम्म ३६५ जनाले कोरोना जितेर घर फर्केका छन् । भने २८ जना उपचाररत छन् । जसमा सन्धिखर्क नगरपालिकामा ६८, जना, शितगंगा नगरपालिकामा ६८, भूमिकास्थान नगरपालिकामा ११६, मालारानीमा ६९, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ ।
यस्तै अर्घाखाँचीमा बिहीवारसम्म २०३ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले २०३ जना भएको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २ घण्टामा २ जना डिस्चार्ज भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या ४८ जना रहेको छ ।
साथै बिहीवार दिउँसो ३ बजेसम्ममा ३ घण्टामा १ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ४७ स्थानमा ९३५ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।
बिहीवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २८ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
