प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा अपांग वाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको आयोजनामा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अपांगता भएकाहरुलाई कसरी रोजगारी सृजना गर्न सकिन्छ तथा स्वरोजगार बनाउन के गर्नु पर्छ लगायतका विषयमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख ठाकुर कुमार विकले अपांगता भएकाहरुलाई अबसर सृजना गर्न सबै लाग्नु पर्ने बताउनु भयो । उहाँले सरकारी, सहकारी र निजी क्षेत्र सबैले अपांगता भएकाहरुलाई रोजगारीको अबसर दिनु पर्ने बताउनु भएको छ ।
कार्यक्रममा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसाल, सिलसिला बहुदेश्यीय सहकारीका अध्यक्ष माधबराज चुँदाली, साथी सहकारीका अध्यक्ष धर्मराज भुसाल, त्रिबेणी सहकारीका सचिव कमल प्रसाद घिमिरे, होटल ब्यबसायी संघका अध्यक्ष मोहनसिंह ठकुरी, सामाजिक अभियान्ता विशाल खड्का, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, अपांग वाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका जिल्ला संयोजक लेखनाथ आचार्य, सहजकर्ता रक्षा पाण्डे लगायतको उपस्थिति रहेको थियो ।