बल्कोटमा पहिरो गएको कारण अबरुद्ध सन्धिखर्क – तम्घास सडक सुचारु

अर्घाखाँचीडट्कम संवाददाता  
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क – तम्घास सडक सुचारु भएको छ । 
छत्रदेव गाउँपालिका वार्ड नम्बर – ३ बल्कोट सडक खण्डमा पहिरोको कारण बिहीवार बिहानदेखि अबरुद्ध सडक एकतर्फी रुपमा सुचारु गरिएको छ ।
यस्तै संचारकर्मी विक्रम पाण्डेका अनुसार वर्षा नरोकिएको कारण पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो गएदेखि माथिल्लो भागमा ठूलो बस्ती रहेकोले घरहरु जोखिममा रहेको स्थानिय बिबेक घिमिरेले जानकारी दिनुभयो ।

अन्य समाचारहरु