अर्घाखाँचीडट्कम संवाददाता
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको गाडी बगाउँदा बेपत्ता भएका अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १३ सिमलपानीका एक जनाको शब फेला परेको छ । बेपत्ता भएका छन् ।
कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको गाडी बगाउँदा बेपत्ता भएका सिमलपानीका ६२ वर्षीय केशव भाट क्षत्रीको शव फेला परेको हो ।
क्षत्रीको शव वार्ड नम्बर ६ सुठौलीस्थित नदी किनारमा घटनास्थलभन्दा ६ किलोमिटर तल फेला परेको जोसीले जानकारी दिए। बिहीबार मध्याह्न साढे १२ बजेतिर क्षत्रीको शव घाँसमा अल्झिएको र घोप्टो परेको अवस्थामा भेटिएको उनले जानकारी दिए।
विद्युत् वितरण केन्द्र गजहेडा शाखामा कार्यरत कार्यालय प्रमुख अर्घाखाँची शितगंगा ३ ठाडाको साहुटोला स्थायी घर भई हाल बाणगंगा ४ बस्दै आएका कृष्ण प्रसाद पौडेल अझै फेला परेका छैनन्। निरन्तर पानी परिरहेका कारण नदीमा पानीको वहाब नघटेकाले खोजीमा समस्या भइरहेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए।
उता गाडीमा ६ जना सवार थिए । ६ मध्ये ३ जनाले बाढीमा पल्टिएको गाडीबाट हाम फलेर ज्यान जोगाएका थिए । वाणगंगा नगरपालिका-९ भलवाडमा रहेको कजवे पुलमा आएको बाढीले विद्युत प्राधिकरण गजेहडा सव स्टेशनको गाडी बगाउँदा कर्मचारीसहित ६ जना सवार बा १ च १०८९ पजेरो जीप बगाएको नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रका प्रमुख जयकुमार यादवले बताए । बुधबार भलवाडबाट काम सकेर फर्किनेक्रममा खोलामा आएको बाढीले गाडीलाई बगाएको थियो।
घटनामा विद्युतका कर्मचारीहरु बिजय पोख्रेल, परशुराम थारु र शिक्षिका कोपिला अधिकारी भने बाच्न सफल भएका छन् ।