अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । लगातारको भीषण बर्षाका कारण अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -६ नरपानीको दह खोला, विभिन्न ठाउँमा गएको पहिरोका कारण अवरुद्व सन्धिखर्क – गोरुसिङ्गे सडक पूर्ण रुपमा सुचारु भएको छ।
सन्धिखर्क गोरुसिङ्गे सडक खण्डमा अबिरल बर्षाको कारण माथिबाट बिभिन्न स्थानमा पहिरो आई अबरोध भएकोमा पुर्णरुपमा बाटो सुचारु भएको हो ।
सन्धिखर्क – गोरुसिङ्गे सडक हिजो रातीदेखि अवरूद्ध भएपछि आवागमन ठप्प भएको थियो । मालवाहक, निजी तथा सार्वजनिक सवारी साधनहरू पनि बीच बाटोमा अलपत्र परेका छन् भने बिरामी बोकेका एम्बुलेन्स समेत रोकिएका थिए ।
बिहीबार बिहानैदेखि पहिरो हटाउने प्रयास भइरहेको थियो तर पहिरो निकै ठूलो भएकाले सडक खुलाउन समय लागेको थियो । स्काभेटर र डोजरले काम गरिरहे पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम समेत नरोकिएकाले काम गर्न अफ्ठ्यारो भएको थियो ।
उता जिल्लाभरका सडक पहिरोका कारण अस्तव्यस्त भएका छन् ।