सुदूरपश्चिम प्रदेशमा ८८ हजार भन्दा बढीको स्वाब परीक्षण

हिमाल जोशी  देशसंचार 
धनगढी – सुदूरपश्चिम प्रदेशमा ८८ हजार भन्दा बढीको स्वाब परीक्षण गरिएको छ । प्रदेशमा बुधबारसम्म संकलित ८९ हजार ३ सय ३० स्वाव मध्य ८८ हजार २ सय ९० स्वाबको परीक्षण भएको प्रदेश सामाजिक मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार परीक्षण भएका स्वाब मध्ये ७ हजार ७ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संकलित स्वाब मध्ये १ हजार ४० स्वावको नतिजा आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेशमा संक्रमण पुष्टि भएका मध्य बुधबारसम्म ६ हजार ६ सय ८८ जना संक्रमित निको भएका छन् । प्रदेशमा अहिले एक हजार ७४ जना संक्रिय संक्रमित रहेका छन् ।
अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका दुई हजार दुई सय ३० जनाले कोरोना जितेका छन् भने पाँच सय ७० जना संक्रिय संक्रमित रहेका छन् । यस्तै अछामका एक हजार ३१ कोरोना मुक्त भएका छन् भने ५२ जना संक्रिय संक्रमित रहेका छन् ।
यसैगरी डोटीमा एक सय २४, कञ्चनपुरमा ९९, बझाङका एक सय नौ, बैतडीमा ३३, डडेल्धुरामा १२, दार्चुलाका ७३ जना संक्रिय संक्रमित रहेका छन् ।