आखिर कता जाँदैछ त हाम्रो समाज?

रमिता पोखरेल
प्रत्येक दिन महिला हिंसा बढ्दै गयो
नारीलाई बाहिर हिड्न नै डर भयो।।
तर पनि किन केही बोलेन सरकार
अब नारी शक्ति हराउदै गयो।।
आजभोली देशमा महिला हिंसा एकदमै बढिरहेको छ। प्रत्येक दिनको बिहानी अर्को नयाँ बलात्कारको समचारले सुरु हुन्छ। र दिनभरी मा दस भन्दा धेरै महिला हिंसा को समाचार सुन्नु पर्छ। यो देख्दा अचम्म लाग्छकी हाम्रो देश कता जाँदै छ भनेर।
हिजो एउटि आमाले गर्भमा छोरि भएको थाहा पाएपछी पाल्न सक्दिन पढाउन सक्दिन
अनि छोरी ले पछि केही गर्न सक्दैन भनेर भुर्ण हत्या गर्थिन भने आज अर्को एक आमा ले मैले छोरिलाइ जन्माय भने यस्को पनि चरित्र हत्या हुन्छ बलत्कार हुन्छ जुन मैले देख्न सक्दिन भनेर भुर्ण हत्या गर्न बाध्य हुन्छिन।
आखिर कता जाँदै छ त हाम्रो समाज??
अब यहि डरले प्रत्यक आमाले छोरीलाई जन्माउन छोड्ने हो भने के होला??
आमा शब्द हरायर जान्छ एकदिन
के एउटि आमाबिना अर्को पुरुषको जन्म हुन सक्छ त?
के नारी बिना शृस्ट्री चल्न सक्छ त??
आखिर किन बुझ्दैनन यो कुरा 
हिजो एउटि दिदिले आफ्नो भाइको खुशी को लागि आफ्ना सबै सपना आगोमा जलाउन बाध्य भइन र त्यही भाइको उज्ज्वल भबिश्य मा नै आफ्नो खुसी देखिन र आज उनै दिदी आफ्नो त्यही भाइ बाट बलत्कृत हुनुपर्यो।
अनि आफ्नो इज्जतको डरले कोठा भित्रै गुम्सियर बस्न बाध्य हुनुपर्यो
त्यो भाइ जस्लाइ आफ्नो गल्तिको कुनै महशुस हुदैन र खुलेआम बाहिर हिड्छ।
के यहि होत पिडित लाई न्याय??
के यहि होत दोषिलाइ सजाय??
महिला रास्ट्रपति भएको मेरो देश,
हिजो रास्ट्रपति एउटि महिला भइन अरे भन्ने सुन्दा अरु लाखौं महिला खुशी भएकी 
हामी सबै नारिहरु रास्ट्रपति भैयो भनेर
कैयौं नारी को आँखा मा हर्षका आँसु आय कि अब हामिले त्यात्तिस प्रतिशत होइन पचास प्रतिशत अधिकार पाउन्छो भनेर
अब महिला हिंसा अन्त्य हुन्छ भनेर
तर उनिहरुलाइ के थाहा कि आज उनै रास्ट्रपतिले आफू पनि एउटि नारी हु भन्ने बिर्सिन्छिन भनेर
के थाहा यति धेरै महिला हिंसाका घटना हुदा पनि केही बोल्दिनन भनेर
के थाहा एकदिन आफ्नो देशको रास्ट्रपति महिला हुन भन्न्न पनि लाज लाग्छ भनेर
के यहि होत महिला रास्ट्रपति भएको परिणाम??
फेरि एकचोटि सबै महिला हिंसाका घटनालाई फर्केर हेर अनि कडा कानुन बनाउ
यस्तो कडा कानुन बनाउ कि अबदेखि गलत नियत भएको पुरुषले चेलिलाइ नराम्रो व्यबहार गर्नत परैको कुरा सिधा आखाले हेर्न पनि डर मानोस सबै बलात्कारिलाइ फाँसी लगाउ त फेरि अर्को पुरुष बलत्कारी हुन डराउन्छ र नारिलाइ इज्जत दिन थाल्छ
अनि कुनै आमाले छोरिको भुर्ण हत्या गर्न बाध्य हुनुपर्ने छैन।
घरघरमा नारिको लागि इज्जत बढ्छ देशमा नारी शक्ति फेरि बढ्न थाल्छ
अनि हेर हाम्रो देशको मुहार फेरि फेरिने छ।।