पुष्पा भुसालद्वारा अर्घाखाँचीका पहिरो पीडितहरुलाई यथाशीघ्र बासस्थानको व्यवस्था मिलाउन माग

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । प्रतिनिधि सभा सदस्य तथा कांग्रेस सचेतक पुष्पा भुसालले अर्घाखाँची जिल्लाका पहिरो पीडितहरुलाई यथाशीघ्र बासस्थानको व्यवस्था लगायतका माग राखी सरकारको ध्यानाकर्षण गर्नु भएको छ । 
सचेतक पुष्पा भुसालले अबिरल बर्षाको कारण अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको ढुङ्गेसेरा, १२ ठाडा कोठिया मैदान र सन्धिखर्क नगरपालिका ७ खाँचीकोटको भुजुङेका पहिरो पिडितहरुलाई यथाशीघ्र बासस्थानको  ब्यबस्था मिलाउन लगायतका माग राखी भुमि सुधार मन्त्री पद्‌मा कुमारी अर्याललाई आईतबार ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।
शितगंगा नगरपालिका र सन्धिखर्क नगरपालिकामा गरि झन्डै ७० घर पहिराेकाे कारण बिस्थापित भएका छन् । साथै १०० वटा घर पहिरोको उच्च जोखिम रहेका छन् । 
भुसालले बुझाएको पत्रमा जिल्लाका विभिन्न स्थानमा गएको पहिरोबाट बिस्थापित भएका परिवार स्थानिय निकायबाट कठिनाई भएको भन्दै आकाश मुनी खुला बसेका पीडितहरुलाई यथाशीघ्र बासस्थान गर्न लगायतका माग उल्लेख गरिएको छ । 
भुमि सुधार मन्त्रीको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउदा भूमी सुधार सचिब टेक नारायण पान्डेयको पनि उपस्थिति रहेको थियोे ।  

अन्य समाचारहरु