गोपाल खत्रीको निधनले अर्घाखाँची जिल्ला प्रशासन कार्यालय शोकमा, भोली सबै सेवा बन्द हुने

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले नायब सुब्बा पदमा कार्यरत गोपाल सिंह खत्रीको असामयिक निधन भएकोले शोक मनाउन भोली असोज २७ गते मंगलवार नागरिकता, राहदानी लगायत अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले एक सुचना जारी गर्दै नायब सुब्बा पदमा कार्यरत गोपाल सिंह खत्रीको असामयिक निधन भएकोले शोक मनाउन भोली असोज २७ गते मंगलवार नागरिकता, राहदानी लगायत अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको हो ।   
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको डिहिडाँडा निवासी जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा कार्यरत नायब सुब्बा तथा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति अर्घाखाँचीका सदस्य गोपाल सिंह खत्रीको अल्पआयुमा निधन भएको छ । 
खाँचीकोटको डिहिडाँडा निवासी जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा कार्यरत नायब सुब्बा तथा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति अर्घाखाँचीका सदस्य गोपाल सिंह खत्रीको ५५ वर्षको अल्पआयुमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा हिजो असोज २५ गते आईतबार निधन भएको हो ।
निमोनिया र ज्वरोका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको थियो । 
खत्रीको निधन प्रति प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल र सहायक प्रमुख जिल्ला अधिकारी (सूचना अधिकारी) विक्रम थापाले गहिरो दु:ख व्यक्त गर्नुभएको छ । 
स्व. नायब सुब्बा खत्री जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको नागरिकता तथा प्रतिलिपी शाखामा कार्यरत हुनुहुन्थ्यो । 
मृतकको सोमबार बिहान गच्छे घाटमा अन्त्यष्टी गरिएको छ । 
स्व. गोपालका श्रीमती र २ छोरा रहेका छन् ।  

अन्य समाचारहरु