अर्घाखाँचीमा ९ जना कोरोना संक्रमित थपिए, जिल्लाभर सोमबारसम्म संक्रमित संख्या ४९५ जना पुग्यो (सम्पूर्ण विवरण सहित)

 अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लामा ९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ४९५ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १६५,   जना, शितगंगा नगरपालिकामा ८६,    भूमिकास्थान नगरपालिकामा १२४,     मालारानीमा ७४,  पाणिनी गाउँपालिकामा १८ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ४९५ जना संक्रमित रहेका छन् ।     
अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट सोमबारसम्म  ३९६ जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ८१  जना, शितगंगा नगरपालिकामा ७८,   भूमिकास्थान नगरपालिकामा १२२, मालारानीमा ७३, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् । भने ९५   जना उपचाररत छन् ।  
  
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ । 
यस्तै अर्घाखाँचीमा सोमबारसम्म  १३ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १३ जना भएको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा ६  जना डिस्चार्ज भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या २१२ जना रहेको छ ।   
  
साथै सोमबार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा ० जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ३३  स्थानमा ७८६ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
सोमबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ९५  जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य समाचारहरु