सन्धिखर्क-गोरुसिङगे सडक र सन्धिखर्क – हंसपुर सडक खण्डमा प्रहरीको प्रशिक्षण

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क-गोरुसिङगे सडक खण्ड र सन्धिखर्क हंसपुर सडक खण्डमा प्रहरीले सवारी दुर्घटना न्युनिकरण, कोरोनाको समयमा चालक र यात्रुहरुले कायम गर्नु पर्ने दुरी, मास्क , सेनिटाईजर प्रयोग लगाएत बिबिध बिषयमा प्रशिक्षण दिएको छ । 
सुरक्षित यात्रा अभियान अन्तरगत आज शितगंगा नगरपालिका वार्ड नं. १२ ठाडाको कोप्चेवास स्थित गोरुसिङगे सन्धिखर्क सडक खण्डमा ईलाका प्रहरी कार्यालय ठाडासँग अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडाबाट खटिएको संयुक्त चेकिङ टोलीले बिभिन्न सवारी साधन चेकजाँचको क्रममा चालक ,सह-चालक गरी ३५ जनालाई कोरोनाको समयमा चालक र यात्रुहरुले कायम गर्नु पर्ने दुरी, मास्क , सेनिटाईजर प्रयोग लगाएत बिबिध बिषयमा प्रशिक्षण दिएको हो । 
यस्तै सन्धिखर्क नगरपालिका वार्ड नं. १० बिहारा स्थित सन्धिखर्क हंसपुर सडक खण्डमा यस कार्यालय बाट खटिएको ट्राफिक चेकिङ टोलिले २ पटकमा ५५ जना गरी ३ पटकमा ९०जनालाई सडकमै जम्मा गरी सवारी दुर्घटना हुन सक्ने अबस्था, मा.प.से,तिब्र गति अस्वस्था प्रतिपर्धा, यात्रा गरी रहेका महिला बालबालिका,जेष्ठ नागरीक र भिन्न क्षमता भएका ब्यक्तिहरुको बिषेश सुरक्षा ,कोभिड 19 महामारीको समयमा चालक र यात्रुहरुले कायम गर्नु पर्ने दुरी, मास्क , सेनिटाईजर प्रयोग लगाएत बिबिध बिषयमा प्रशिक्षण दिईएको थियो । 

अन्य समाचारहरु