अर्घाखाँचीमा ड्रागन फल खेतिको व्यावसायिक उत्पादनको सम्भावना कस्तो छ जानिराखौ

अशोक टन्डन 
अर्घाखाँची – अहिले नेपालमा ड्रागन फल खेती व्यावसायिक रुपमा गर्न थालिएको छ। केही बर्ष अगाडि ड्रागन फलको बारेमा जानकार नभएका हामी आमनागरिकहरुमा अहिले यस्को बारेमा चासो र बहस हुन थालेको छ। अहिले नेपालमा पुर्वमन्त्री लोकेन्द्र बहादुर बिस्टले दाङ जिल्लामा व्यावसायिक खेती गर्न थालेपछि झन चर्चा-परिचर्चा हुन थालेको छ ।
यो ड्रागन अर्थात सिउँडी प्रजातीको फल हो। यसको उत्पत्ती उत्तरअमेरिकाको मेक्सीकोमा भएको पाईन्छ । दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ ।
प्राविधिकका अनुसार रोपेको २ बर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । नेपाली बजारमा १ हजार रुपैयाँ केजीसम्म यो फल विक्री भइरहेको छ। ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हुँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ ।
यो खेती तराईदेखी उच्च पहाडी जमिन सम्म गर्न सकिन्छ । करीब समुन्द्री सतह देखी २००० मिटर सम्म यसको खेती गर्न सकिन्छ । यस खेतिको लागी पानी आवश्यक नपर्ने हुँदा धेरै सुक्खा ठाउँहरुमा पनि यसलाईइ मज्जाले फलाउन सकिन्छ ।
यो फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ । यो फल खाएपछि पेट खलास हुन्छ र कब्जियतको दोष ठीक पार्छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसको मुन्टाको गजबको तरकारी बन्छ । फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जो जेठदेखि असोज-कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ । यो बिरुवा एकचोटी लगाए पछी केहि बर्षा पछी एउटै बिरुवा बाट दशौ बिरुवा निकाल्न सकिन्छ ।
अर्घाखाँची जिल्ला पनि तराई सङ्ग जोडिएको पहाडी जिल्ला भएको हुँदा हावापानी र उचाइको हिसाबले ड्रागन फल खेती सङ्ग सुवाउदो हावापानी भएको बिज्ञहरु बताउँछन् । अर्घाखाँचीको बेसि तथा सुख्खा क्षेत्रमा यसको व्यावसायिक खेती गर्न सकिने प्राबिधिक हरु बताउँछन् । अहिलेसम्म यस्को व्यावसायिक खेती अर्घाखाँचीमा गरिएको छैन अब यसलाई व्यावसायिक खेती गरि मनग्ये आम्दानीको श्रोत बनाउन सकिने कृषि बिज्ञहरु बताउछन् । अर्घाखाँचीका बेसिका फाटहरुमा यसको व्यावसायिक खेती गर्न सकिने सुहाउँदो हावापानी रहेको प्राबिधिक हरु बताउँछन् । यस्को व्यावसायिक खेती गरि अर्थोपार्जन गर्न सके कृषिको संभावना बोकेको जिल्ला अर्घाखाँची आर्थिक समृद्धि यात्रा तिर अगाडि बढ्यो कि!

अन्य समाचारहरु