हलिम खान
सन्धिखर्क, अर्घाखाँची । विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को प्रकोपको समयमा जिल्ला प्रसासन कार्यालय अर्घाखाँचीद्वारा जिल्लामा थप कडाइ गरिएको छ।
कोरोना संक्रमण बढ्दै गैरहेको बेला नजिकदै गरेको नेपालि हरुको महान चाड दशैँ, तिहार, छठ पर्व लाइ ध्यानमा राखेर अर्घाखाँची जिल्ला प्रसासनले थप कडाइ गरेसंगै जील्ला ट्राफिक कार्यालय अर्घाखाँचीले पनि हाइबे चेकिंग लाइ तिब्र रुपमा अगाडी बढाएको छ ।
सुरक्षित यात्रा अभियान अन्तर्गत अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का प्रहरी साहयाक निरीक्षक लोकराज न्यौपानेको नेतृत्वमा खटिएको हाईवे चेकिङ टोलिले बिभिन्न सवारी साधन चेकजाँचको क्रममा चालक ,सह चालक पैदल यात्रुलाइ सडकमै जम्मा गरी सवारी दुर्घटना हुन सक्ने अबस्था बारे , यात्रा गरी रहेका महिला बालबालिका,र जेष्ठ नागरीक ब्यक्तिहरु लाइ बिषेश सुरक्षा दिदै ,कोभिड १९ महामारीको समयमा चालक र यात्रुहरुले कायम गर्नु पर्ने सामाजिक दुरीको बारेमा प्रशिक्षण समेत दिइको छ ।
साथै चालक, सहचालक तथा पैदल यात्रिहरुलाई मास्क सेनिटाईजरको प्रयोग तथा बिबिध बिषयमा प्रशिक्षण दिएको समेत बताइएको छ ।