तप्प आँसु (गजल)

दिपेन्द्र पौडेल 
 
कोल्टे फेर्दै बितोस् रात सम्झनामा उनकै
श्वास फेर्दा उनकै महसुस् गरे पो त माया ।
यता दुख्दा उता आँसु झरे पो त माया ।
एकर्काको यादमा जल्दै मरे पो त माया ।
बन्धकिमै होस् मुटु लिलाम उनकै   बनौ
भोक निन्द्रा उतै बसाइँ सरे पो त माया ।
जानि जानि कैले घुर्की कैले
आनाकानी
कटाक्षमा कैले आँखा तरे पो त माया ।
सपनाकाे इन्द्रेणीमा मायाकै रङ्ग रङ्गोस 
बाडुलीमा उनकै घुटुक् भरे पाे त माया।
छचल्केर छताछुल्ल गहभरी  खस्दा 
उनकै अन्जुलिमा तप्प आँसु झरे पो त माया २