के दशै आएझै भा छ र ? (कविता)

निरु आचार्य “नवरश्मि “
तिज पछि दिन गन्दै बसिन्थ्यो कति दिन छ दशै आउन भन्ने त्यो रौनक थियो र पो दशै आएझै हुन्थ्यो 
       दुइ -तिन दिन लगाएर रातो माटाे र कमेरोले घर चिटिक्क पारेर पोतिन्थ्यो र पो दशै आएझै हुन्थ्यो 
      सात आठ दिन लगाएर वरपर रोटि पकाउन हिडिन्थ्यो र पो दशै आएझै हुन्थ्यो 
      अरुको खरबारिमा गइ बाइबो चोरेर पिङ बनाइ खेलिन्थ्यो र पो दशै आएझै हुन्थ्यो 
      घर वरिपरि बाटो खनि नयाँ बाटो  बनाइन्थ्यो र पो दशै आएझै हुन्थ्यो 
    रुखभरि लटरम्म फलेर पहेलै भएका अम्बा ,मौसमका हागा तानि तानि घाममा बसेर दिदिबहिनि ,साथिसङ्गि मिलेर गफ गर्दै खाइन्थ्यो र पो दशै आएझै हुन्थ्यो 
      मखमलि र गुर्दौलिले पहेलै कोपिला लाएर  घरै उज्यालो बनाइदिन्थे र पो दशै आएझै हुन्थ्यो 
      परदेशिएका दाजुभाइहरु  बर्शौ पछि ओठमा मुस्कान भरि झोलाभरि कोसेलि लिएर जन्मघर फर्किन्थे र पो दशै आएझै हुन्थ्यो 
   बर्षमा एकचोटी नयाँ लुगा किनेर लगाउन पाइन्थ्यो र पो दशै आएझै हुन्थ्यो  
     नवमि आइसक्दा कति वेला उज्यालो हुन्छ र दशैको टिका कानसम्म लगाइ नयाँ लुगा लगाएको फोटाे खिच्न पाइन्छ भन्ने त्यो खुसियालि हुन्थ्यो र पो दशै आएझै हुन्थ्यो
     टपरि भरि रोटी , दुनाभरि काक्रोको अचार ,ठेकाभरिको दहि ,एक हातो केरा साथिसङ्गिले खाएर सकाउदै टीका लगाउन गाउभरि साझ भइसक्दा पनि हिडिन्थ्यो पो दशै आएझै हुन्थ्यो 
          दिनभरि टिका लगाइ साझ कति रुपिया भयो ,कस्को धेरै भनेर गनिन्थ्यो र पो दशै आएझै हुन्थ्यो
            बिहे भएको दिदिहरु भिनाजुसङ्ग राति भैसक्दा पनि टीका थाप्न ,आशिर्वाद लिन माइतिघर आउनुहुन्थ्यो र पो दशै आएझै हुन्थ्यो 
               दशैको रातिभरि दिदि, भिनाजु संगै बसेर  तास खेलिन्थ्यो र पो दशै आएझै हुन्थ्यो 
        परिवारमा सबै  जम्मा भइ दिनदिनै खसि कुखुराको मासु खाइन्थ्यो र पो दशै आएझै हुन्थ्यो 
         दुइ तिन दिन अघिदेखि टाढा टाढाका दाजुभाइहरुले पुर्णिामा मेलामा बेच्न बेलाउति ,मौसम नास्पाति भारि का भारि बोकेर बिहान झिस्मिसे बाटनै हिंड्न सुरु गर्थे र पो दशै आएझै हुन्थ्यो 
                 दशैको पैसाले नै किनेर पुर्णिामा मेलामा  टाढादेखि आएका साथिसङ्गिलाई भेटेर सङ्गै जेरि चटपट खाइन्थ्यो र पो दशै आएझै हुन्थ्यो 
                
        (  ऐले महान पर्व घर दैलोमा आएपनि कसैको मनपनि खुशी छैन किनकि नत बाआमा ,न त आफन्त ,दाजुभाइ नै भेट्न पाइन्छ ,त्यसैले हामि जहा छौँ तेहि बसेरनै दशै मनाउ , माता दुर्गाले सम्पुर्ण नेपालिहरुमा कोरोनासङ्ग लद्दै बिजय हासिल गर्ने सक्ति प्रदान गरुन भन्दै सुभबिजया दशमिको मंगलमय सुभकामना ब्यक्त गर्दछु ।)