अर्घाखाँची जन्मिएका गीतकार धर्मराज भट्टराईको आधुनिक गीत “अन्तिम यात्रा” सार्वजनिक (भिडियो सहित)
कार्तिक २१ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडा जन्मिएका गीतकार धर्मराज भट्टराईको शब्द रहेको आधुनिक गीत “अन्तिम यात्रा” सार्वजनिक भएको छ ।
अन्तिम यात्रामा लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर तथा चर्चित संगीतकार राजेश थापाको संगित रहेको छ ।
यस्तै धर्मराज भट्टराई यूट्यूब च्यानलबाट सार्बजनिक भएको यस गीतमा अर्घाखाँचीका सुदिप सागरको म्युजिक एरेन्ज रहेको छ । साथै ग्राफिक्स बिष्णु भट्टराईको रहेको छ ।
यस आधुनिक गीत “अन्तिम यात्रा” मा खासगरी मानव जीवन जन्मसँगै मृत्युु एउटा प्राकृतिक नियम हो । जति दिन जति पल आपसमा बिते त्यतिमा नै खुसी रहनु पर्छ यसलाई स्वीकार गर्नुको विकल्प केही छैन भन्ने कुराको शसक्त रुपमा प्रस्तुत गरिएको छ ।
गीतकार भट्टराईले यसअघि अधेरी रातमा, रुन्छन् प्रदेशी, अन्तिम यात्रा लगायतका चर्चित गीतहरु लिएर आएका छन् ।
यस गीतलाई पनि सम्पूर्ण स्रोताहरुले मन पराइदिने छन् भन्ने आशा गरिएको छ ।