अर्घाखाँचीमा लंका यातायातद्धारा सेवा बिस्तार, बुटवल पाल्पा रिडी तम्घास हुँदै सिमलटारीसम्म बस सेवा सुचारु

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । लंका यातायात प्राली अर्घाखाँचीले शुभ दिपावलीको अबसरमा आफ्नो सेवा बिस्तार गरेको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा प्रधान कार्यालय रहेको लंका यातायात प्रालिले कात्तिक २६ गतेबाट थप सुबिधा यात्रुहरुको मागलाई मध्य नजर गर्दै बुटवल पाल्पा रिडी तम्घास हुदै गुल्मीको सिमलटारीसम्म बस सेवा सुचारु गरेको लंका यातायात प्रालिका अध्यक्ष युवा ब्यबसायी कृष्ण बहादुर भुसालले जानकारी दिनु भयो ।
लंकाले अर्घाखाँचीका ग्रामिण ईलाकादेखि देशका ठुला सहरहरूमा समेत सेवा बिस्तार गर्दै आएको भुसालले बताउनु भयो ।
लंका यातायात प्रालिमा बस हाईस स्क्वारपियो जिप बलेरा ट्याक्सी रि १५० भन्दा बढि सवारीहरु आबद्द भई सेवा दिईरहेका छन् ।

अन्य समाचारहरु