अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -७ खाँचीकोट तिनपानेमा गरिएको चुनढुङ्गा उत्खनन गरि राजश्व छली गरेको र पर्यटकीय, पर्यावरणिय असर पारेको दावी गर्दै भूगर्भ सिमेन्ट प्रालि बिरुद्द अख्तियार कार्यालय बुटवलमा उजुरी दर्ता गरिएको छ ।
स्थानीय सक्रिय युवा खाँचीकोटले खनिज नियमावली २०५६, संसोधित नियमावली २०७३ को अनुसुची १० नियम २१ बमोजिम उजुरी दर्ता गरिएको हो ।
उजुरीमा चुनढुंगा उत्खनन गरिरहेको भूगर्भ सिमेन्ट प्रालिले नियोजित र नियतपुर्ण रुपमा सेटिङ्ग मिलाएर राजश्व छली गरिरहेको र खाँचिकोट क्षेत्रको पर्टकिय र पर्यावरणीय सौन्दर्यतामा प्रहार गरिरहेको आरोप लगाइएको छ ।
हुनत यस भन्दा पहिले पनि त्यस क्षेत्रमा उत्खननको बिरोध नगरिएको भने होइन तर पनि केहि उपाय नलागेपछि अख्तियारमा जानुको बिकल्प नभएको स्थानीय युवाले बताए ।
यस्तो छ निवेदनको पुर्ण पाठ:-