गाउँ बस्तीमा आउ डट्कम (गजल)

दिपेन्द्र पौडेल 
बगैचाको काडेघारी गोड्ने भए आउ डट्कम
भस्ट्चारर्को माखेसाङ्गो तोडने भए आउ डट्कम
गरिब पनि मान्छेनै हुन दु:खद मुटु चोट लाग्दा
सम्हालेर एउटा नाता जोड्ने भए आउ डटकम
संघर्ष मा जुटेकाछौ थकित छन यि पाइला 
दोबाटोला लक्ष्यतिर मोडने भए आउ डट्कम 
 कुरिती र तिरस्कार निसास्सिदै बाचेकाछौ
बाधिएका काडे बन्धन्हरु तोड्नेभए आउ डट्कम ।