अब यसो गरौ घाँस चरौ (कविता)

                                                                     
राधा आचार्य अधिकारी ( महिला समाजसेवीका ) 
शितगंगा -३ अर्घाखाँची
                    
बुद्धिमा बिर्को कसौं ,
अरु डाईनिङ्गमा बस्छन !
हामी पिर्कामै बसौं ,
दुई खुट्टाले संसार हिड्या छ 
हामी चारै पाउ सुरु गरौं ,
अब यसो गरौ घाँस चरौ !!!
अरुले नाइट भिजन बनाए 
हामी नाईटो भिजन बनाऔ ,,
दुनियाँले रेल बगाएका छन ,
हामी र्याल बगाउदै बसौं !
भगेराको मासु भाग लगाऔ 
टुक्रा टुक्रा भएर बसौ !
एकताको डोरि चुडालौ अब 
बिचारलाई चिरा चिरा पारौं 
अब यसो गरौ घाँस चरौ !!
खेत बाझो राखौं  
खाडी र कोरिया मा दुबो उमारौ 
ईतिहास किन चाहियो ?
जलाएर राख पारौं !
आधुनिकता ले मस्त पुग्छ हामिलाई
भाबी सन्ततिलाई लोप्पा खुवाऔ ….
मुस्ताङमा नुन छ समाचारमा भरौ 
अब यसो गरौ घाँस  चरौ ……
 बिबाह त कहिलै गर्दै नगरौ ,,
पारिबारिक झन्झटमा नफसौ …
अर्कैले सिन्दुर पोते भिराएकी 
 छपक्क सम्पती सङ्ग 
बिदेश भर्मण गरौ ! 
न कचकच न जिम्मेवारी 
अर्काको घर उजाडेर मस्ती गरौ !
अब यसो गरौ घाँस चरौ !!!
रातिको चुस्किमा नियम बनाऔँ  ,,
  बिहान चियाको चुस्किमा बात फेरौं
जनता सधै चाकडी र लाचाहारी ,
सुन्ने र बहकिने बाहेक केही नगरौँ !! 
न कपास हालौ , न कान फालौ , 
अब यसो गरौँ घाँस चरौ !!!
कोहि मधेसी बनौं ,
कोहि पहाडी बनौं !
नेपाली त थियौं भनौं 
घोप्टो परेर सिन्को नटिपौ 
बरु माथी हेरि खुट्टो बजारौ 
आफुले सिक्दै नसिकौ ,,
अरुले भनेको नमानौ 
अब अलग अलग रेखा कोरौ 
अब यसो गरौ घाँस चरौं !!!!