प्रधानमन्त्रीको कदम गलत र भर्त्सनायोग्य वामदेव गौतमले संसद् विघटनको विरोध गरेका छन् ।
एक प्रेस विज्ञप्ति जारी गर्दै गौतमले संसद् विघटन गर्ने गैरसंवैधानिक कदम गलत र भर्त्सनायोग्य रहेको बताएका छन् ।
यो कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्य–मान्यतालाई समाप्त पार्ने बताएका छन् ।
यसअघि ओलीले संसद् विघटनका लागि सिफारिस गर्दा उनले ‘न विरोध न समर्थन’ भन्दै पर्ख र हेरको अवस्थामा रहेको बताएका थिए ।