संसार (गजल )

इन्दिरा  खनाल
सबै मानिसको फरक फरक विचार हुन्छ ।।
कहिले राम्रो कहिले नराम्रो समाचार हुन्छ ।।
सोच्दा डर लाग्छ कस्तो होला संसार भनी।
जब रातमा जस्तै दिनमा नि अन्धकार हुन्छ।।
हुर्काउन सक्दैनौं भने नजन्माउ बच्चालाई ।
जन्मे पछि बाँच्न पाउने अधिकार हुन्छ।।
तिमि हामी र कानुन सचेत नहुदा खेरी ।
 चोरले सामान चोरी अन्तै फरार हुन्छ।।