पुराना बाआमाका आधुनिक छोराछोरी

सरोज भुसाल 
सन्धिखर्क ११ डिभर्ना
बिचरा आँखा नदेख्ने बा लाई परदेश गएको भाईसँगग कुरा  गर्न मन छ लौन छोरा फोन हान्दे भन्दा मुन्टो बटार्दै भाग्छ।।  
आमाले माइतबाट आएको चिठी पढडे भन्दा छोराले Iphone लगाएर मुन्टो बतार्दै भाग्छ त्यति बेला आमाको मन भकान्निएर आउँछ र भन्छिन धिक्कार छ मलाइ।।
बाआमालाइ पनि त  छोराछोरी सङग बसेर टि भि हेर्ने मन छ सङगै बसेर हेरौन भन्दा जुरुक्क उठेर भाग्छन किनकी बाआमालाइ नेपाली गित र समाचार मन पर्छ उनिहरुलाइ साउथ फिलिम।।
छोराछोरिलाइ नयाँ फेसनका कपडा चाइन्छ हरेक हप्ता फेर्नको लागि पूरा गरिदिन्छन बाआमाले पनि आफू झुत्रै लगाएर भएपनी ।।
बाआमाले आधा पेट खाएरै भएपनी उनिहरुलाइ पढाउने रहर हुन्छ तर उनिहरुलाई chat र fashion मै समय बिताउन मन छ।।
बाआमा कामबाट थाकेर हिड्दै आउछन तर छोराले क्याम्पस बाट आउदा बुलेट र छोरिले स्कुटि दौडाउछन सायद उनिहरुलाइ passion भन्दा fashion मा चल्न मन पर्छ।।
बाआमाले छोराछोरी बिरामी हुदा मर्लाकी भन्ने डरले सहरको महँगो हस्पिटल पुर्याउछन तर बाआमा बिरामीहुदा गाउकै स्वास्थ चौकी सम्म पनि पुर्याउन सक्दैनन सायद आधुनिकताले सिमा नाघेर होला।।
जसोतसो दु:ख गरेर सामान किनेर घरमा बनाएर खाना खुवाउन खोज्छन बाआमाले तर उनिहरुलाइ घरको खाना भान्दा पाँच तरे होटेलको मन पर्छ किनकी अरु भन्दा भद्र भलादमी बन्न होला।।
तिब्र प्रतिस्पर्धा छ पढाइमा अलि मिहनेत गर भन्दा छोरो भन्छ पढाइमा भन्दा कपाल र दारिमा गर्छु बा छोरी भन्छे मिनिस्कट र अनुहारमा गर्छु , सायद त्यहा आधुनिक थियो होला।।
छोरा छोरिका हरेक इच्छा र चाहना पूरा गर्ने बाआमा अन्तिममा एक्लै हुन्छन रे सायद आधुनिकताको पनि आधुनिकता आएर होला।।