मेरो प्रेम

खुशी अधिकारी
खै के भनेर सुरु गरौ तिम्रो र मेरो यो प्रेम कथा मेरा हरेक अध्याय, हरेक काल खण्ड, हर अनुच्छेदमा तिमी छौ मेरो अस्तव्यस्त जिन्दगीको यदि कसैले चासो राख्छ भने त्यो तिमी नै हौ। तिमिलाई भेटनु पहिले म सिमलको भुवा जस्तै भएकी थिए। 
तिम्रो आगमनले म बिस्तारै बिस्तारै पात जस्तो पलाउदै गए त्यो पात बाट म कोपिला बने पछि फक्रदै _ फुल्दै सुन्दर बनेर सबै को वरिपरि सुगन्ध छर्दै फुलिरहे तिमिले मलाई बिहानको शीत बनेर स्पर्श गगराउनछौ, चर्को घाम बनेर प्रत्येक किरणले मलाई न्यानोको आभास दिलाउन्छ। म बाचा गर्नेछु चाहे जस्तोसुकै अवस्था वा परिस्थितिमा होस म तिम्रै पैतालाका डोबहरु पन्छाउदै बुढेसकालसम्मको साहारा तिम्रो लठ्ठी बन्नेछु।
 मेरा साथीहरू भन्ने गर्छन कि माया साचो हुदैन हो उनीहरुको त्यो प्रश्नको जवाफ हौ तिमी, तिम्रा ती मायाका हरेक शब्दले मेरो जिन्दगीमा थप उमंग छाएको छ। तिमि संग भेटेको त्यो पहिलो भेट मेरा लागि प्यारो क्षण भएको छ। हामी भेटेको त्यो क्याम्पस अनि क्याम्पस भित्र भएका ती रमणीय पल अझै पनि मेरो मस्तिष्कमा पोको परेर बसेका छन। तिमिलाई सम्झना छ हामी बसन्तपुर मा घुम्म जादा मलाई चर्को घामले पोलेको देख्दा तिमिले चिसो बोतलको पानी किनेर मेरै टाउको माथी  पानी छर्कदै मलाई शितलताको आभास दिलाएका थियौ। मेरो हात समाएर जिवनभर तिम्रै हुनेछु सानू भनेको कुरा अझै पनि मेरो आँखा अगाडी ताजै छ। म क्याम्पसमा धेरै बोल्ने जुनसुकै कार्यक्रम मा पनि सहभागी हुनै पर्ने, बोल्नै पर्ने मेरो बानी अनि म बोलेको सुनिरहने तिम्रो स्वभाव। साथिभाई , शिक्षण ज्यु हरु भन्नू हुन्थ्यो कस्तो सुन्दर र मुलायत जोडि। कहिले काहीँ म बाटो मा हिन्दा उताउली भएर हिडथे लाग्थ्यो बाटो मेरो आफ्नै निजि सम्पती हो। याद छ राजा तिमिलाई एकदिन बाटोमा हिडदै गर्दा धन्नै मलाई गाडीले हानेको  तिमिले हतार गरि मलाई तानेर बदमास बाटो मा ख्याल गरेर हिडन पर्दैन यदि तिमिलाई केही भै हाल्यो भने भन्दै आँखा बाट आँसु का ढिक्का खसालेर आफ्नो अङ्गगालोमा मलाई तानेको। जसरी सरगम बिना संगीत अधुरो छ त्यसैगरी तिमी नभए अपुर्ण कथा बनेर म पनि हराउने थिए। 
तिमिले दिएको साथ, सहयोग, माया, ममता जिवनभर पाईरहु। मेरो मायाको एउटै मात्र साहरा तिमी नै हौ भनेर संन्सार सामु चिनाउन सकु तिम्रा सुनका चुराले बाधेर बन्धक हैन प्रेमको डोरिले स्वतन्त्र पन्छी बनेर उडन पाउ। राजा तिमिले मलाई यति माया दियौं कि तिम्रो मायाले गर्दा आज सम्म मैले हार्न सकिन सधै मलाई असल बन है हौसला दियौं। मेरो हातमा धडी छैन तर हरेक पल तिमी मेरा लागि समय बनेर मेरो हरेक सुख दुख मा साथ दियौं। तिमिलाई पाएर म यति धेरै खुशी छु कि त्यो खुशी को सिमा नै छैन। राजा अब म यति चाहन्छु कि हाम्रो कारण परिवारमा असर  आउने काम नहोस र हामी बिच यति मीठो सम्बन्ध होस कि जुन सम्बन्ध कसैले कुनै किताब या चलचित्रमा हेरेको नहोस। हामिले कहिल्यै पनि एक अर्काको कमजोरी खोज्न थालेनौ नत धनी गरिबको हिसाब राख्न खोजेम बरु तेसको सटामा हामिले एक अर्कालाई हौसला दिन र अरुको प्रेरणा बन्न सक्नुपर्छ भने विचार राखयौ।यसैले हामी आज सम्म पनि उतिकै नजिम छौ  मैले जति नै गल्ती गरेपनी मेरा हरेक कमजोरीलाई सहर्स स्वकार गरि मलाई झन शक्ति बदली गल्तीलाई सुधार गर्ने मौका दियौं ।
मानिसहरु भन्ने गर्छन कि मायाले डुब्बाउन्छ तर म त भन्छु मायामा नडराई मन खोलेर मनै देखि साचो माया गर्नुस अनि मात्र डुब्बाउदैन। तिम्रो त्यो न्यानो मायाले गर्दा तिमी संग जोडिए ।तिमी हाम्रो जिवनमा आएका  चुनौतिलाई सहज रुपमा जित्ने आट र हिम्मत राखिदेउ म जीवनभर हाम्रो सबै नातालाई सय प्रत्री फुल जसरी फुलाएर राख्ने छु।