आफ्नो देशमा (गजल)

इन्दिरा खनाल
 
विभिन्न प्रजातिका रुख वनमा हुन्छन्
अनेकौं पिडा अनि चोट मनमा हुन्छन्
 
हाम्रो यो समाजमा रिन लिएर भएनी 
भव्य सँग चाड बाड मनाउनमा हुन्छन्
हुने रहेनछ सबै जनाको उस्तै उस्तै  विचार 
 कोहि बिगार्न त कोहि मिलाउनमा हुन्छन् 
भन्छन् विदेशीलाई देख्दैनन् आफ्नो देशमा 
नेपाली आज भोलि छोटो पहिरनमा हुन्छन्