करदाता सेवा कार्यालय सन्धिखर्क अत्यन्त जरुरी सूचना



आय विवरण पेश नगरी ननफाइलर रहेका करदाताहरुलाई २०७७ फाल्गुण मसान्त भित्र आय विवरण पेश गरि आर्थिक ऐन, २०७७ ले उपलब्ध गराएको छूट सुविधाबाट लाभान्वित हुने सम्बन्धी अत्यन्त जरुरी सूचना !!!

आर्थिक ऐन, २०७७ को दफा २१ ले स्थायी लेखा नम्बर लिई आय विवरण पेश नगर्ने करदाताहरुलाई देहाय बमोजिमको छुट तथा सुविधा प्रदान गरेको हुँदा संलग्न सूचि बमोजिमका करदाताहरुलाई तोकिएको म्याद (2077 फाल्गुण मसान्त) भित्र आय विवरण र सो बमोजिम लाग्ने आयकर दाखिला गरी छूट सुविधाको लागि यस कार्यालयमा निवेदन दिएर उक्त छुट तथा सुविधा (स्कीम) को अधिकतम उपयोग गर्न हुन यो सूचना जारी गरिएको छ ।

  (१) आय विवरण पेश नगर्ने वार्षिक पचास लाख रुपैयाँसम्मको कारोबार गर्ने प्राकृतिक व्यक्तिले आर्थिक वर्ष २०७३/७४‚ २०७४/७५ र २०७५/७६ को आय विवरण‚  सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको पच्चीस प्रतिशतले हुने रकम संवत् २०७७ साल फागुन मसान्तसम्म बुझाएमा सोभन्दा अघिका वर्षहरुको आय विवरण पेश गर्नु पर्ने छैन र त्यस्तो आयमा लाग्ने कर, शुल्क तथा बाँकी ब्याज मिन्हा हुने।
  (२)  आर्थिक वर्ष २०७३/७४ वा सो भन्दा अघिको आय विवरण पेश नगर्ने वार्षिक पचास लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने प्राकृतिक व्यक्ति वा निकायले आय विवरण‚ सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको पच्चीस प्रतिशतले हुने रकम संवत् २०७७ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिन्हा हुने।

 पूनश्च, यो सूचनाको जानकारी प्राप्त गर्नु भएका सम्पुर्ण महानुभावहरुलाई सम्बन्धित लाभग्राही करदाताहरुसम्म यो जानकारी पुर्याएर कर सहभागिता अभिवृद्धि गर्ने अभियानमा सहयोग  गरि दिनु हुन समेत अनुरोध छ ।  आय विवरण पेश नगरि ननफाइलर रहेका छुट सुविधा प्राप्त गर्ने करदाताहरुको नामावली कार्यालय र अर्घाखाँची उद्योग वाणिज्य संघको सूचना पार्टीमा टाँस गर्नुका साथै प्रत्येक  स्थानिय तहको कार्यापालिकाको कार्यालयमा पठाइएकोले त्यहाँ मार्फत समेत जानकारी प्राप्त गर्न र थप सूचना वा जानकारीको लागि कार्यालयको फोन नम्बर ०७७-४२०९२० मा फोन गर्न वा प्रत्यक्ष उपस्थित भई जानकारी लिन सकिनेछ ।