अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।
भूकम्पको धक्का सदरमुकाम सन्धिखर्क लगायत जिल्लाभर महसुस गरिएको हो ।
उता समाचार अनुसार मंगलबार राति ९ बजेर ५९ मिनेटमा मनाङ आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। उक्त भूकम्प ५ दशमलव ३ म्याग्निच्यूडको रहेको जनाइएको छ ।
भूकम्पको धक्का सदरमुकाम सन्धिखर्क लगायत जिल्लाभर महसुस भएसँगै सामाजिक सन्जालमा जिल्लाबासीले प्रतिकिया दिईरहेका छन् ।
साथै यसअघि माघ १९ गते सोमबार बिहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्पको धक्का महसुस गरिएको थियो। उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको जनाइएको छ ।
यसैगरी आइतबार राति १२ बजेर ४६ मिनेटमा नेपाल–भारत सीमा खलङ्गाको उत्तर पश्चिम १८ किलोमिटर टाढा आसपास केन्द्र भएर भूकम्प गएको थियो। उक्त भूकम्प ३ दशमलव ६ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।
यस्तै गत पुस २८ गते दार्चुलाको सुनसेरा आसपास भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुस १९ गते पनि बैतडीको डिलाशैनी आसपास केन्द्र भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।