किन सरकार (गजल)

निरु आचार्य ” नवरश्मी      
 अर्घाखाँची 
 हाल – काठमाण्डु
                        
नाबालिका बलात्कृत हुदै बगरमा   भेटिन्छ किन सरकार 
गाउँदेखि न्याए खोज्दै शहरमा भेटिन्छ किन सरकार 
स्कुल पठाएको छोरी घरमा फर्किन्छ भनि कस्ले गर्छ ग्यारेन्टी 
झोला बोक्दै आन्दोलन गर्न सडकमा भेटिन्छ किन सरकार 
महिला नै रास्ट्रप्रमुख हुदापनि दैनिक बढ्छ हत्या हिम्सा 
आवाज सुन्न बाहिर निस्क अझै महल   मा भेटिन्छ किन सरकार 
फासि दे अपराधीलाई सहन अति भो अब त 
एकअर्कालाई आरोप लगाउदै सदनमा भेटिन्छ किन सरकार