सिलबन्दी दरभाउपत्र आव्हानको सूचना समग्र खानेपानी योजना भु. न. पा . ६ खिल्जी

सिलबन्दी दरभाउपत्र आव्हानको सूचना 
समग्र खानेपानी योजना भु. न. पा . ६ खिल्जी
प्रथम पटक प्रकासित मिति: २०७७/११/०

अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड न  . ६ समग्र खानेपानी योजनाका खरिद ब्यबस्थापन समितिद्वारा एच. डि. पि. इ. पाइप तथा फिटिङ्स खरिद गर्नुपर्ने भएकाले अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड न . ६ समग्र खानेपानी योजनको खरिद निर्देशिका बमोजिम दरभाउपत्र साथ संलग्न परिमाण  , दरभाउपत्र साथ उपलब्ध गराएको स्पेशिफिकेशन बमोजिमको तौल र गुणस्तरका सामानहरु निम्न शर्तहरुको अधिनमा रहि  सप्लाइ गर्न इच्छुक मूल्य अभिबृद्दी करमा दर्ता भएका फर्म वा सप्लायर्शहरु बाट निम्न शर्तहरुको अधिनमा रहि सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।

शर्तहरु 

१) दरभाउपत्र फारम प्रतिफारम ३००० अक्ष रुपि तिनहजार फिर्ता नहुने गरि तिरी नगदी रसिद तथा निबेदनको साथमा मूल्य अभिबृद्दी कर दर्ताको प्रमाणपत्र , अध्याबधिक कर चुक्ताको प्रमाणपत्र संलग्न राखी यो सुचना प्रकाशित भएको मितिले १५ दिनको दिउस ५ बजे भित्रमा भुमिकास्थान नगरपालिका वार्ड न . ६ को कार्यालयबाट खरिद गर्न सकिने छ ।
२)   खरिद गरिएको दरभाउपत्र फारमहरु रित पुर्बक भरी सुचना प्रकाशित भएको  १६ औं दिनमा दिउस १२ बजे भित्र भुमिकास्थान नगरपालिका वार्ड न . ६ मा दर्ता गराउनुपर्ने छ , साथै दरभाउपत्र खरिद गरेको सक्कल रसिद सहित दरभाउपत्र फारम शिलबन्दी गरि उपभोक्ता समितिको नाम, ठेगाना र पाइप सप्लाइ सम्बन्धि दरभाउपत्र भन्ने ब्यहोरा लेख्नुपर्ने छ ।
३)सिलबन्दी दरभाउपत्र पेश गर्दा सप्लायर्शको आधिकारिक प्रतिनिधि आफै उपस्थित भइ हुलाक वा  कुरिएर मार्फत पठाएको सिलबन्दी दरभाउपत्र सुचना प्रकाशित भएको मितिले १६ औं दिनको दिउसो १२ बजे भित्र प्राप्त भइसक्नुपर्नेछ ।
४) सप्लाइ हुने सामग्रीहरुको भुक्तानी उपभोक्ता समितिले योजना नजिकको गाडी जाने स्थान वा योजना सम्म ढुवानी भइ चेकजाँच भएपछि मात्र गर्नेछ तसर्थ दरभाउपत्र पेश गर्दा जमानत आबस्यक पर्नेछैन । 
५) उपरोक्त अनुसार प्राप्त भएका दरभाउपत्रहरु सुचना प्रकाशित भएको मितिले १६ औं दिनको दिउस २ बजे भुमिकास्थान नगरपालिका वार्ड न . ६ अर्घाखाँचीमा उपभोक्ता खरिद समितिका प्रतिनिधिहरु र दरभाउ पत्रदाताहरु वा निजको प्रतिनिधिको रोहबरमा खोलिनेछ । दरभाउ पत्रदाताको प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पुग्नेछैन ।
६)दरभाउ पत्र खरिद गर्ने , दर्ता गर्ने तथा खोल्ने अन्तिम दिनमा सार्बजनिक बिदा परेमा सो को भोलिपल्ट कार्यालय खुलेको दिन बिक्री गरिने, दर्ता गरिने वा खोलिनेछ ।
७)दरभाउपत्रमा दररेट लेख्दा अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षरमा फरक परेमा  अक्षरमा लेखेकोलाइ मान्यता दिइनेछ । अंक र अक्षरमा केरमेर भएकोमा दस्तखत र छाप लगाएको हुनुपर्नेछ ।
८) म्याद नाघी वा रित नपुगी आएको दरभाउपत्र उपर कारबाही हुने छैन ।
९)दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्विकार गर्ने सम्पुर्ण अधिकार उपभोक्ता समितिहरुमा  सुरक्षित रहनेछ ।
१०) अन्य शर्तहरु योजनाको खरिद कार्यबिधी बमोजिम हुनेछ ।थप शर्तहरु दरभाउ पत्र साथै संलग्न गरिएको छ ।

तपसिल 
क्र . स . कोटेशन क्र . स .
१          1/BMA/SP2077/078

कामको विवरण 
समग्र खानेपानी योजना पाइप खरिद , भु . न . पा . ६ खिल्जी ।
दरभाउपत्रको खरिद दस्तुर रु ३००० (तिनहजार)

सि . न .    विवरण       परिमाण          इकाइ
1) 63 mm dia PN10 HDPE Pipe 1,190 M.
2) 50mm dia PN 10 HDPE Pipe 2,690M.
3)40mm dia PN 10 HDPE pipe 3,240 M.
4)32mm dia PN 10 HDPE pipe 2,270 M.
5)25 mm dia PN 16 HDPE pipe 2,345 M.
6)20 mm dia PN 16 HDPE pipe 15,225 M.
7)1/2 Brass Gate valv 450 pcs
8)1/2 Brass ferrule 450 pcs 
9)1/2 Gi union 450 pcs 
10) 1/2 Gi elbow 900 pcs


पुनस्च: माथी उल्लेखित सामग्रीहरु नेपाल गुणस्तर चिन्ह (NS) वा भारतिय गुणस्तर चिन्ह (IS) प्राप्त हुनुपर्नेछ ।

सप्लायर्शको 
नाम:- 
सहि छाप  :- 
ठेगाना :-